Monday, March 18, 2013

मलेसियामा पक्राउ परेका सय नेपाली छुटे

मलेसियामा पक्राउ परेका सय नेपाली छुटे

 

मलेसिया, चैत्र ५ - न्युनतम तलब नदिएको विरोधमा अवैधानिक रुपमा कम्पनीमा आन्दोलन गर्ने तयारी गरिरहेको अभियोगमा पक्राउ परेका सय नेपाली छुटेका छन् । उनीहरु आइतबार अबेर छुटेको मलेसियाली दैनिक 'द स्टार' दैनिकको अनलाइन संस्करणमा पछिल्लो पटक अपडेट गरेको समाचारमा उल्लेख छ ।
समाचार अनुसार मलेसियाली सरकारले हालै लागू गरेको न्युनतम पारिश्रमिकको माग गर्दै अवैध रुपमा रोजगारदाता कम्पनीविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको सूचनाको आधारमा उनीहरुलाई आइतबार मुआरस्थित जनामहारानी बसपार्क छेउछउ लगायत विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।"प्रहरीको समूह उनीहरुको सम्भावित आन्दोलनलाई रोक्न सफलभएको छ ।" एक प्रहरी अधिकारीको भनाइ उदृत गर्दै अनलाइनले मुआर क्षेत्रमाकरिब ५ हजार नेपालीकामदार कार्यरत रहेको जनाएको छ ।
मलेसियामा यस बर्ष शुरुदेखि नै न्युनतमतलबको माग गर्दै विभिन्न दर्जनभन्दा बढी कम्पनीमा नेपाली लगायत विदेशी कामदार आन्दोलित भएकाछन् । मलेसियाली सरकारले लागू गरेको पछिल्लो न्युनतम पारीश्रमिक र लेबी नतिरेपछि यहाँ कामदारका समस्या बल्भिmँदै गएका छन् । एक साता अघि मुआरकै एक कम्पनीबाट अवैधानिक रुपमा आन्दोलन गरेकै अभियोगमा २३ जना नेपाली पक्राउ परेका थिए । उनीहरुबारे पछिल्लो जानकारी पाउन सकीएको छैन । यहाँस्थित नेपालीदुतावासका अनुसार पक्राउ परेका नेपालीबारे कम्पनीपक्ष गतबिहीबार त्यहाँस्थितप्रहरी चौकीमा पुगेको थियो ।

0 comments: